मानुषी लघुवित्तको आईपीओ पर्यो कि परेन ? यसरी थाहा पाउनुहोस

0
225

काठमाडौं,भदौं ७- मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा मानुषी लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/  बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये भाग्यमानी ३ जनाले गोलाप्रथाबाट थप ११ कित्ता शेयर पाउनेछन्। यस हिसाबले यस आईपीओमा २३ लाख १७ हजार ८८९ आवेदकको हात खालि भएको छ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ भने बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता शेयर बदर भएको छ।

कम्पनीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।