पछील्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टी

0
90

काठमाडौं,भदौं ६- पछील्लो २४ घण्टामा देशभर  १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। देशभर कोभिड १९ संक्रमणका कारण हालसम्म १० हजार ५०९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १८ हजार ३२२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ४९ लाख ४२ हजार २५० जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। यस्तै,  ३८ लाख ४६ हजार ७३६ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।