रत्ननगरका व्यवसायीद्धारा मन्त्री खनाललाई स्वागत

0
98

रत्ननगर,भदौ ५- रत्ननगर उद्योग बाणिज्य संघले शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्ण प्रसाद खनाललाई स्वागत गर्दै समग्र आर्थिक विकासको लागि सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ ।

कार्यक्रममा सहभागी अगुवा व्यवसायीहरुले कोरोना महामारीका कारण नीति क्षेत्र घरासायी बनेको भन्दै राहतका कार्यक्रम ल्याउन माग गरेका छन् ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपालराज कर्माचार्यले कोरोनाका कारणले निजी क्षेत्र घरासायी भनेको भन्दै तीनै तहका सरकारले विषेश प्याकेज कार्यक्रम ल्याउनु पर्ने बताए।

उनले त्यसका लागि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएका नेता खनालले भूमिका खेल्नु पर्ने बताए ।

रत्ननगर अस्पतालका अध्यक्ष समेत रहेका कर्माचार्यले विकासको गतिमा रहेको अस्पताललाई सेवा प्रवाहका हिसाबले उत्कृष्ट बनाउन मन्त्री खनाललाई आग्रह गरे।

कार्यक्रममा मन्त्री खनालले वागमती प्रदेशको आर्थिक विकासका लागि सरकार सचेत रहेको भन्दै निजी क्षेत्र र सरकारको सहकार्यले मात्र सकारात्मक परिणाम निस्कने बताए ।

कोरोनाले निजी क्षेत्र सिथिल अबस्थामा छ उनले भने यसलाई माथी उठाउन सहकार्य आवश्यक छ ।

मन्त्री खनालले रत्ननगर अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्ने बताए ।

संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शंकर गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।