रत्ननगर -९ मा वाईसीएल वडा कमिटि गठन

0
121

चितवन,भदौ ५ – नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालको वडा भेला रत्ननगर नगरपालिकाको मोहनामा शनिबार सम्पन्न भएको छ।

नेकपा (माओवादी केन्द्र)की नेतृ एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चन खनालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा ,पार्टी प्रदेश सदस्य सगिता भट्टराई , माओवादी केन्द्र रत्ननगरका इन्चार्ज राजु अम्गाई सुवोध,नगर अध्यक्ष ओम लामिछाने, वाईसियल जिल्ला अध्यक्ष मधु न्यौपाने,पार्टीका नगर सचिवालय सदस्य मेघनाथ पौडेल, वाईसियल रत्ननगर फ्याक्सन ईन्चार्ज प्रदिप वञ्जरा, युवा नेता धनन्जय शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भेलाले रत्ननगर ९ को वडा कमिटि गठन गरेको छ । सुमन थपलिया अध्यक्ष रहने गरि २९ सदस्य वडा कमिटि गठन गरेको वाईसियल रत्ननगरका संयोजक राजेन्द्र धामिले वताए । जस्को उपाध्यक्ष गोविन्द लामा, सचिवमा शुशिल थपलिया र कोषाध्यक्षमा सरोज छत्कुली रहनु भएको छ ।