अन्तत एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

0
126

काठमाडौं,भदौ ३ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजसँगै पुनर्स्थापित भएको नेकपा एमाले पार्टि पनि फुटेको छ। सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका हुन।

सर्वोच्चको फैसलासँगै पुनस्र्थापित भएको एमाले एकजुट नभई फुटेको हो ।

यससँगै प्रचण्ड र माधव समूह पनि अलग भयो । नेपाल समूह एमालेमै संघर्ष गर्ने भन्दै छुटि्टयो । तर एमाले एक हुन सकेन । एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखे, विधान संशोधन, केन्द्रीय सदस्यहरु मनोनित, जिम्मेवारी हेरफेर लगायतका निर्णय गराए ।

नेता नेपाल नयाँ दल बनाउने निर्णय पुगेपछि नै प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेर संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएको सत्तारुढ गठबन्धनका नेताहरु स्वीकार गर्छन् ।

अध्यादेशसँगै नेता नेपालले एमालेको निर्वाचन आयोगमा अद्यावधिक २०३ सदस्यीय केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । उनले २०३ मध्ये ५८ जनाको नाम पेश गरेका छन् ।

नेकपा एमाले समाजवादीले चुनाव चिहृन खुला किताब राख्ने बताएको थियो, तर यो अर्कै पार्टीको नाममा भएकाले अहिले चुनाव चिहृनबारे केही बोलिएको छैन ।

पार्टीको अध्यक्ष माधव नेपाल छन् भने झलनाथ खनाललाई वरिष्ठ नेता राखिएको छ । ९५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ, तर त्यो कमिटीमा लामो समयदेखि माधव नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु छैनन् ।