मोहना माविको ‘कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन’ पाँच राजनैतिक दलको माग(प्रेस विज्ञप्ति सहित)

0
108

रत्ननगर,साउन ३०-  रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन रत्ननगर नगरपालिकासँग स्थानिय पाँच राजनैतिक दलले आग्रह गरेका छन् ।

यसअघि रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८/०७९को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विधालयलाई पत्र पठाएको थियो ।

यता स्थानिय स्तरमा विधालय संग कुनै परामर्श नगरी नगरपालिकाले एकलौटी ढंगले निर्णय गरेकाले स्थानियविपन्न,जनजाति,आदीवासी,सुकुम्बासी,दलित,गरिव एवं उत्पीडीत वर्ग शिक्षाको ज्योतिबाट बञ्चित हुने भन्दै नगरपालिकाले उक्त निर्णय तुरुन्त खारेज गरी नयाँ भर्नाको अनुमति प्रदान गर्न राजनैतिक दलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानिय अभिभावक तथा विधालयको तर्फबाट २०७७ चैत्र १८ गते रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत शिशिर पौडेल समक्ष निर्णय सच्याई भर्ना गर्न पाउँ भनि दिइएको ध्यानकर्षण पत्रको वेवास्ता गरीएको राजनैतिक दलले वताएकन छन् ।

मेहना माविबाट एसइइ पास भएका विधार्थीहरु अन्योलमा रहेकाले यस अघिको निर्णय खारेज गरि कक्षा ११मा भर्ना गर्न वातावरण सृजना गर्न नगरपालिका संग माग गरिएको छ ।

स्थानियको माग तत्काल संवोधन गर्न स्थानिय पाँच राजनैतिक दलका तर्फवाट नेपाली काँग्रेसका भुपेन्द्र प्रसाद अधिकारी, ने.क.पा. एमालेका विष्णुहरि देवकोटा, ने.क.पा. माओवादी केन्द्रका मेघनाथ पौडेल, राष्ट्रिय जनमोर्चाका मेघराज ढकाल र ने.क.पा मालेका तोयाराज थपलिया द्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।