रत्ननगर १५ मा माओवादी केन्द्रको वडा कमिटि गठन

0
747

रत्ननगर, साउन २६-   नेकपा माओवादी केन्द्रले रत्ननगर नगरपालिकाको वडा नं. १५ मा २९ सदस्यीय नयाँ वडा कमिटि गठन गरेको छ ।पार्टीले संगठन सुद्रिढीकरण गर्दै जाने क्रममा वडामा नयाँ वडा कमिटि निर्माण गरेको हो । मंगलबार सम्पन्न वडा भेलाले दिलबहादुर बुढाथोकीको नेतृत्वमा होम प्रसाद भट्ट सचिव रहने गरी सर्वसम्मत रूपमा वडा कमिटि चयन गरेको हो । भेलाले तुलसी अर्यालको संयोजकत्वमा सात सदस्यिय सल्लाहकार समिती समेत चयन गरेको छ ।

मंगलवार भएको वडा भेलामा नेकपा एमाले नगर कमिटि सदस्य विकास ढकाल एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । ढकाललाई नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य संगिता भट्टराई र जिल्ला सदस्य एवं नगर अध्यक्ष ओम लामिछानेले पार्टिमा स्वागत गर्नु भएको थियो ।