रत्ननगर -१५ मा विपद् व्यवस्थापन योजना बनाउन अन्तरकृया

0
237

रत्ननगर,साउन १६- रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजनाको विषयमा शनिवार वडा नं १५ का सरोकारवालाहरुसंग अन्तरकृया गरिएको छ । विपद् व्यवस्थापन र प्रभावित समुदायको उद्दारको लागि वडा तहमा गर्नुपर्ने कामका विषयमा विपद् बुझेका,विपद् प्रभावित,वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य,जनप्रतिनिधि,रेडक्रस,शिक्षक,स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बीच अन्तरकृया गरिएको हो ।कार्यक्रममा श्रोत नक्स,प्रकोप स्तरीकरण,वालीपात्रो निर्माण,मौसमीपात्रो निर्माण,वडाको क्षमता विश्लेशण गर्ने काम गरेको वडाध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए । साथै, कार्यक्रममा तथ्याङ्क संकलन गर्दा मानब अधिकारमुखी र लैङ्गिकमैत्री सुचनाहरु संकलन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कर्मचारी कृष्णप्रसाद,केन्द्रका परामर्शदाता यसप्रसाद शुब्बा,वन तथा वाताबरण तथा विपद् व्यवथापन शाखा प्रमुख विश्वास श्रेष्ठ सहजीकरण गरेका थिए ।कार्यक्रममा एशियाली विपद् पूर्व तयारी केन्द्रका संयोजक मानबहादुर थापाले प्रकोप न्यूनीकरण तथा व्यवस्थापनको लागि स्थानीय स्तरमा सुझाब तथा तथ्याङ्क संकलन गर्दै राष्ट्रिय रुपमा योजना तयार गरिने बताए ।

कार्यक्रममा केन्द्रकी सदस्य प्रेमुका राईले कार्यक्रममा व्यवस्थापनको काम गरेकी थिइन ।

वडा सचिव रुपबहादुर पण्डितले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु लीलादेबी पोखरेल,रुकमाया परियार,रामकृष्ण खड्का,सामाजिक अभियान्ता मदन भूजेल लगायतको सहभागिता रहेको थियो ।