बि.एम.एच.डि टेलिभिजनमा सिरिज ‘दिल चुप छ’ हेर्न सकिने (भिडियो सहित)

0
227
काठमाडौँ, साउन १०-  सिरिज ‘दिल चुप छ’ हरेक शनिवार साँझ ७:३० बजे बि.एम.एच.डि टेलिभिजनमा प्रसारणमा आएको छ । यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा शनिबार ७ः३० मा हेर्न सकिन्छ ।
वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई सिरिजमा नजिकबाट प्रस्तुत गर्न खोजिएको छ ।
सिरिजमा दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन छ । नवराज गिरि र सरस्वती गिरिले निमार्ण गरेको सिरिजमा नवल नेपालको निर्देशन छ ।
सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल , प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरि, शिक्षा संग्रोला ,सक्षम पुरी लगायतको अभिनय रहेको छ ।
भिडियो यहाँ छ