आफ्नै दाजु सँगको प्रेम सम्बन्ध नै सुजिताको मृत्‍युको प्रमुख कारण भएको प्रहरी द्वारा पुष्टि ,आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाई पक्राउ 

0
168
सन्तोष बस्ताकोटी,चितवन, साउन ८-
 
पूर्वी चितवनको राप्ती नगरपालिका -३ कि सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गर्दै मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाईलाई   काठमाडौंबाट हिजो बिहीबार पक्राउ गरिएको  बताएका छन ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नाम किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् ।

७ गते बिहीबार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ । सुजिता र सुकदेव नाताले दाजु बहिनी भए पनि लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।
रानाका अनुसार सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको खुलेको डिएसपी रानाले जनाए । उनीहरु विदेशमा पुगेर विहे गर्ने सोचमा रहेको पाइएको रानाले बताए । डीएसपी रानाका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको थियो ।

गत असार ११ गते  देखी   बेपत्ता भएकी  सुजिताको शव दश दिनपछि असार २० गते घर नजिकैको सामुदायिक वनमा  भेटिएको थियो ।