निकुञ्जको सेक्टर कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा एक जना पक्राउ

0
78

चितवन :  चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा गत असार ७ गते आगजनी गरेको आरोप एक जना पक्राउ गरेका छ ।

बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि आक्रोशित बनेका स्थानियहरुले निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालय अगाडि प्रदर्शन गर्दै आगजनी र तोडफोड भएको थियो। निकुञ्जको कार्यालयमा क्षति पुग्ने गरि आगजनी गर्ने ८ जनाको पहिचान भएपछि आज सौराहा कै नेचर गाईड समेत रहेका खड्क श्रेष्ठ पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

प्रदर्शन गर्न आएकाहरुले कार्यालयका सिसा फुटाउनुका साथै चौरमा ल्याएर कुर्सी र बेञ्च जलाएका थिए। घटनालगत्तै निकुञ्जले बाघ धपाएर महिलाको शव तत्काल बाहिर नल्याएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । स्थानयिहरु आक्रोशित हुनु स्वभाविक हो, प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने तर यहाँ त नेचर गाईडसहित केहि संरक्षणकर्मी भन्नेहरु नै ताृडफोड आगजनी संलग्न भएको भिडियोसहित पुष्टि भएको छ, मनपरी तरिकाले सरकारी सम्पत्तीमा आगजानी गरिक्षति पुराएकोले कार्वाही गर्न बाध्य भएका हौँ ।

उनले आगजनी गर्ने कार्य गर्ने कार्वाही नगरे आगामी दिनमा यस्ता घटनाले थप प्रशय पाउने भएकोले गलत नजिर बस्न नदिन कार्वाही थलिएको स्पष्ट पारे । उनले घटनमा संलग्न रहेका व्यक्तिहरु आफै कार्यालयमा उपस्थित भए कार्वाही कम हुन सक्ने सकेत गरे ।

उनका अनुसार घटनामा संलग्न भएको पहिलो चरणमा ८ जना पुष्टि भएपनि बाकीँ अन्यहरुको भिडियो मार्फत पहिचान गर्ने काम समेत भईरहेको बताए । निकुञ्जले यतिवेला सेना र प्रहरी परिचालन गरेर आरोपीहरुलाई पक्राउ गर्ने अभियान नै थालेको छ ।