ट्राफिक प्रहरीद्वारा छाडा चौपायामा टल्किने स्टिकर टास्ने अभियान शुरु

0
117

काठमाडौं,साउन ५-  दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान थालेको छ ।

ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा छाडा छोडिएका चौपायामा रातको समयमा टल्कने स्टिकर लगाएको हो । अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको प्रहरीले जनाएको छ ।

रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरिक्षक मिलन कुमार सिंहले जानकारी दिए । उनले उक्त अभियान उपत्यकाभरी नै चलाइने बताए ।

त्यस्तै ट्राफिक प्रहरीले मास्क सचेतना अभियानलाइ पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।