पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एकको मृत्यु

0
78

चितवन, साउन २-

पूर्वीचितवनको खैरहनीमा ट्याङकरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ८ को पर्सा बजारमा आज अपरान्ह्र ट्याङकरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ८ ख ३०२४ नम्बरको ट्याङकरले विपरित दिशाबाट आउदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार खैरहनी नगरपालिका वडा नम्बर १० निवासी २२ बर्षिय सिर्जना चौधरीको मृत्यु भएको छ । त्यस्तै, मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नम्बर ३ निवासी बर्ष २६ को सुवास चौधरी सामान्य घाइते भएका छन् ।