‘इण्डियन आइडल १२’ को फाइनल १२ घण्टाको हुने

0
86

मुम्बई(बलिउड लाइफ)– चाँडै नै सोनी टेलिभिजनको हिट गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को फाइनल हुँदैछ। निर्माताहरु यो फाइनललाई सम्झनलायक बनाउन कम्मर कसेर लागेका छन् ।

यो शोको फाइनल अगष्ट ५ मा हुँदैछ । फाइनललाई १२ घण्टासम्म प्रसारण गर्ने निर्माताको योजना छ । फाइनलमा शोको हिस्सा बनिसकेका प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् । यसबाहेक बलिउडका चर्चित गायकगायिकाको पनि उपस्थिति हुनेछ ।

यद्यपि ‘इण्डियन आइडल १२’ विवादरहित छैन । शोका प्रतिष्पर्धी पवनदीप र मोहम्मद दानिश तथा अरुणिता कांजीलालको फेक प्रेमकथाले शोमा निकै हंगामा गरेको छ ।