चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने

0
126

काठमाडौं,साउन १- नेपाललाई चीन सरकारले कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।

आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चीन सरकारले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएकी हुन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि चीनले राजदूत यान्छीमार्फत बधाई दिँदै अनुदानमा थप खोप दिन लागेको जानकारी गराएको हो ।

यसअघि चीनले नेपाललाई  ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ ।

सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ ।