पोखरा महानगरपालिकाका मेयर जिसीको स्वास्थ्यमा अचानक समस्या, काठमाडौं लग्ने तयारी

0
72

असिम पौडेल, कास्की,साउन‌ १-

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको  स्वास्थ्यमा अचानक समस्या देखा परेको छ।                                                          एक्कासी ब्लड प्रेसर बढेपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा लगिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । संयोजका बरालका अनुसार प्रेसरका कारण नसामा समस्या भएको छ ।

मेयर जिसीलाई उपचारको लागि केही समयमा मणिपाल शिक्षण अस्पताल देखि काठमाडौं लगिने जिसीका प्रेस संयोजक बरालले जानकारी दिएका छन।