देउवा सरकारका नव नियुक्त चार मन्त्रीले लिए शपथ

0
139

काठमाडौँ, असार २९– नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चार जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा मंगलबार साँझ चारै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । शर्मा अर्थ र भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छिन् ।