चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखियो , दुई जनामा पुष्टी

0
92

चितवन, असार २८ –

चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट दुई जनामा पुष्टी भएको छ । भरतपुर अस्पतालको कोरोना संक्रमित ५ जनामध्ये २ जनामा डेल्टा भेरियन्ट प्रमाणित भएको हो ।

भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका ५ स्वाबका नमुनाहरु राष्ट्रिय जनस्वास्थ्यमा पठाइएको थियो । अस्पतालले सो प्रयोगशाला मार्फत दुईवटा नमुना अन्तराष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्न पठाएको थियो ।

उक्त दुवै नमुनाहरुमा डेल्टा भेरियन्ट प्रमाणित भएको अस्पतालका कोभिड क्लिनिकलको अडिनेटर डा. प्रमोद पौडेलले जानकारी दिएका छन् ।

पहिलो लहरको अल्फा भेरियन्ट भन्दा कोरोना डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको पौडेलको हस्ताक्षर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । डेल्टा भेरियन्टले बालबालिकादेखी वृद्धावृद्धासम्मका सबै उमेर समुहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएपछि थप संक्रमण बढेको छ । डा. पौडेलले चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएकोले पनि यो भाइरस बढी संक्रामक रहेको जानकारी दिए।