विद्यार्थी संगठन द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग,माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

0
142

काठमाडौँ,असार २४ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौं) ले आज नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनको तर्फबाट कडा आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

विगतमा दुई रङको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमबीच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन पनि विद्यार्थी संगठनहरूले माग गरेका छन् ।