राप्तीमा प्रशासन र स्थानीयबीच सहमति, नौ घण्टापछि राजमार्ग सञ्चालनमा

0
100

चितवन,असार २१-
चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव भेटिएपछि आज दिनभर नगरपालिका स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रह्यो।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराए ।

स्थानीय र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला बीच भएको वार्तापछि दुई बुँदे सहमति भएको छ । मृतकको शव पोस्टमाटम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने सहमति भएको छ । सहमतिपछि अहिले राजमार्ग सञ्चालनमा आएको छ ।

स्थानीयले बिहान ९ बजेदेखि साँझ ६ः३० बजेसम्म राजमार्ग अवरुद्ध गराएका थिए ।