पछिल्लो २४ घण्टामा चितवनमा ७३ जनामा कोरोना संक्रमण पुष्टी, मृत्‍यु हुने संक्रमितको संख्या २८७ पुग्यो

0
177

चितवन, असार २०-

पछिल्लो २४ घण्टामा चितवनमा ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४० जना, खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ८ जना, राप्तीमा २ जना, कालिकामा ५ जना र इच्छाकामनामा १ जना रहेका छन् ।

त्यस्तै, आज चितवनमा २ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै चितवनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८७ जना पुगेको छ ।

यो सँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार १७४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ५४ जना, अस्पतालमा आइसोलेसनमा ९१ जना र सार्वजनिक आइसोलेसनमा २९ जना रहेका छन् ।