रत्ननगर नगरपालिका नवौं नगरसभा: महिलालाई बच्चा छाडेर विदेश जान अनुमति नदिइने

0
139

चितवन,असार १८-

चितवन स्थित रत्ननगर नगरपालिकाले आफ्नो बच्चा छाडेर विदेश जान खोज्ने महिलालाई अनुमति नदिने नीति पारित गरेको छ। शुक्रबार सम्पन्न नवौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममा आफूले जन्माएको बच्चा दुई वर्ष नहुँदै आमा–बुबा वा सासु–ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिइने उल्लेख छ । नगरपालिकाका प्रमुख नारायण बनले दूध खुवाउनुपर्ने आमाहरु विदेश जाँदा त्यसले समाज, बालबालिकामासमेत नराम्रो छाप परेकाले यसमा कडाइ गर्न लागिएको बताए ।

बालमैत्री नगरपालिकाको मापदण्ड पूरा गर्न पनि  यो कदम अघी बढाएको नगरप्रमुख बनले बताउनुभयो ।

नगरपालिकाले सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिलाई पनि कार्यान्वयनमा लैजाने जनाएको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत नगरसभाबाट पारित भएको छ ।

यस्तै रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको छ ।