जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी चल्ने

0
159

काठमाडौं,असार १३- काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न प्रशासन कार्यालयहरू एकमत भएका छन् ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठक उक्त निष्कर्षमा पुगेको हो । तर अन्य के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा अझै निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनले भने, ‘ कसलाई दिने, कसलाई नदिने भन्नेबारे कुनै निर्णय भइसकेको छैन, सोमबार आदेश जारी भएपछि मात्र यसबारे थाहा हुनेछ।’

यातायात व्यवसायीले भने यसबारे असुन्तष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीमार्फत गाडी चलाउँदा यात्रुको चाप बढेर कोरोना संक्रमण झन् फैलिए त्यसको जिम्मेवार आफूहरू नहुने बताए ।