गैंडाकोट नगरपालिका द्वारा ८० करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक

0
128

गैैंडाकोट,असार १०-
गैंडाकोट नगरपालिकाले आगामि आर्थिक वर्षका लागि ८० करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आज (बिहीबार) गैंडाकोट रिर्सोटको सभाहलमा भएको नवौं नगरसभामा नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेललले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा २६ करोड ४६ लाख बराबरको पुँजीगत खर्च र ५४ करोड १३ लाख ५० हजार चालु खर्च राखिएको छ । पूर्वाधार विकास समितिमा ६ करोड ९१ लाख, स्वास्थ्यमा १ करोड ९५ लाख, आयुर्वेदमा १० लाख, शिक्षामा २ करोड, कृषि, पशु तथा सहकारीमा ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ लाख, खेलकुद प्रवर्धनमा २० लाख बजेट विनियोजन गरिएको छ ।