नेपाल प्रहरीका १६ डीआइजी र १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

0
224

काठमाडौं,असार ७- नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले डिआईजीको सरुवा गरेका हुन् । प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीलाई सरुवा गरिएको छ ।

प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय नक्साल सरुवा गरिएको छ ।