चितवनका प्रहरी प्रमुख सवार गाडी दुर्घटना,प्रहरी प्रमुख सहित ६ जना घाईते

0
178

चितवन, असार ४-  चितवनका प्रहरीका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका हुन् ।

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा माल वाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम लामिछानेले जानकारी दिए ।

नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाईते भएका हुन् । घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ ।
घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति छ । भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।