बागमती प्रदेशद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक (पूर्णपाठ)

0
172

हेटौंडा , असार १ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाखको बजेट ल्याएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा सामाजिक मन्त्री कैलाश प्रसाद ढंगेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।  प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारलाई बजेटको प्राथमिकतामा राखेको बागमती प्रदेशले यसका लागि मात्रै २ अबैको बजेट छुटाएको छ । सो शीर्षकभित्र अस्पतालहरुमा आवश्यक यन्त्रहरुको जडान, शैय्या थप, दक्ष कर्मचारीको व्यवस्थापन आदिलाई समावेश गरिएको छ ।

आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुंगेलले बजेट भाषणमा घोषणा गरेका छन् ।

प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ।

सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेका छन् ।