गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित चार जना मन्त्रीद्वारा सपथ ग्रहण

0
112

पोखरा, जेठ २९- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित चार जना मन्त्रीद्वारा सपथ ग्रहण गरेका छन ।

आज(शनिवार) साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नै निवासमा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ खाएका छन्।

चारै जना मन्त्री बिनाा विभागीय छन्। मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।