प्रधानमन्त्री ओलीद्वारा एकताको आह्वान गर्दै एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा( विज्ञप्ती सहित)

0
242

काठमाडौँ, जेठ २३-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेका छन्।

आइतबार पार्टी एकता रक्षा एवं सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गर्दै उनले असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन्।

अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका हुन्। खनाल–नेपाल समूहले आइतबारै ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए। उनीहरूले कारबाही फिर्ता लिए मात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए।

हेर्नुहोस् विज्ञप्ति