भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमण प्रयास

0
154

चितवन,जेठ २१-

स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार एवं आक्रमण प्रयास भएको भन्दै भरतपुर अस्पतालले भत्र्सना गरेको छ । अस्पताल विकास समितिको बैठकले उक्त घटनाको भत्र्सना गरेको हो ।अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रोशन न्यौपानेद्वारा जारी विज्ञप्तिमा भेरी अस्पताल र भरतपुर अस्पतालमा भएका घटनाहरुको घोर भत्र्सना गरिएको हो ।

विज्ञप्तिमा भरतपुर अस्पताल फार्मेसीमा यही जेठ १७ गते रातीको समयमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि अज्ञात व्यक्तिले दुव्र्यवहार एवं आक्रमण प्रयास गरेको उल्लेख छ । अस्पतालमा भएको उक्त घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कारवाहीका लागि अनुरोध गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ संक्रमण महामारीको समयमा अस्पतालको ड्यूटीमा खटिने स्वास्थ्यकर्मीहरुको उच्च मनोबल एवं सुरक्षा प्रत्याभूतिका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न समेत प्रशासनसँग माग गरिएको छ ।

जेठ १७ गते रातीको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालका फार्मेसीमा कार्यरत कर्मचारीमाथि अपशब्द प्रयोग गर्ने र आक्रमणको प्रयास समेत भएको थियो । उक्त घटनाको सिसिटिभी फुटेज सहितको घटना विवरण प्रहरीमा बुझाईएको छ । विज्ञप्तिमा जेठ १३ गते भेरी अस्पताल बाँकेमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक हमला भएको घटनाको पनि निन्दा र भत्र्सना गरिएको छ