आज देखी ग्यास ११ सय २० रुपैयाँमा र चिनी प्रतिकिलो ६३ रुपैयाँमा पाइने

0
670

काठमाडौँ, जेठ २१- साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।

आज देखी ग्यास ११ सय २० रुपैयाँमा र चिनी प्रतिकिलो ६३ रुपैयाँमा पाइने 1आज देखी ग्यास ११ सय २० रुपैयाँमा र चिनी प्रतिकिलो ६३ रुपैयाँमा पाइने 2

जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्याँसको भाउ ११ सय २० रुपैयाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए ।

त्यस्तै पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने उनले बताए ।

पाँच जनाको परिवारले एक महीनामा दुई किलो पीठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्याँस मात्र किन्न पाउने जोशीले जानकारी दिए । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।

काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्याँस भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।