खोलामा दोहन समाचार संकलन गर्न गएका पत्रकारमाथि दुरव्र्यवहार

0
72

तनहुँ, जेठ १९ –  तनहुँको देवघाट गाउँपालिकामा  पत्रकार माथि दुरव्र्यवहार भएको छ । कालिभतेरी नदि किनार ३ वटा स्काइवेटर प्रयोग गरेर मापदण्ड विपरीत ग्रावेल उत्खनन गरिएको रिपोटिङ्गको क्रममा विकास ढकाल माथि दुव्र्यवहार भएको हो । चितवन मिडिया हाउसमा कार्यरत ढकाल माथि यस अघि जिल्लाकै सेती भतेरी बगरमा भएको उत्खननको विषयको रिपोटिङ्ग क्रममा पनि दुव्र्यवहार भएको थियो ।

निषेधाज्ञाले दुनियाँभरका नदी कञ्चन भएको बेला देवघाट गाउँपालिका हुदै बग्ने खोलामा भने भेल बगिरहेको छ । निषेधाको यस समयमा ठेक्दारले नदी दोहन गरिरहेको स्थानीयको जानकारी पछि आइतवार रिपोर्टिङमा गएका उनलाई ठेगदार पक्षले ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका ईन्चार्ज सुशील लामिछाने कै अगाडि धम्कीदिए । काममा अवरोध गरेको भन्दै उनीहरुले हातहाल्ने प्रयास समेत गरेको थियो ।

उक्त घट्ना पछि जिल्ला समन्वय समिती तनहुँले स्काइवेटर नियन्त्रण लिन ईलाका प्रहरी कार्यालय देवघाट निर्देशन दिएपनि केही समयमानै उक्त स्काइवेटर ठेक्दारलाई जिम्मा लगाईएको थियो । निर्देशन बमोजीम ईलाका प्रहरी कार्यलय देवघाटले स्काइवेटर नियन्त्रणमा लिएर गाउँपालिको जिम्मा लगाएको थियो । तर गाउँपालिकाको उपाध्यक्षको नेतृत्वमा पाँच मिनेटमै पुनः स्काइवेटर छाडियो । देवघाट गाउँपालिकाका अधिकृत नरहरी सापकोटाका अनुसार कार्यविधिमा स्काइवेटर प्रयोग गरेर नदी उत्खनन गर्न पाईदैन । उनले भने– यो काम अवैधानिक हो । तर देवघाट गाउँपालिकामा पहुँचको आधारमा काम हुदै आएकाले आफुलाई काम गर्न समेत असहज भएको उनले बताए ।