महन्थ ठाकुरसहित चार नेता पार्टीबाट निष्कासित गर्ने भट्टराई- यादव पक्षको निर्णय

0
135

काठमाडौँ, जेठ १८-जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई- उपेन्द्र यादवपक्ष  द्वारा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उनीहरूलाई  पार्टी सदस्यबाट समेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएका छ।