भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्ने ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

0
264

बाँके,जेठ १४-

भेरी अस्पतालमा भएको डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतमाथि मुद्दा दर्ता गरिएको हो ।

भेरी अस्पतालमा दाङ तुलसीपुरका एक जना बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापर्बाही भएको दाबी गर्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।

डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु, नर्सिङ कर्मचारी सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई लखेटेर हातपात गरेको, कुटपिट गरेको अस्पतालले जनाएको छ ।