दोस्रो मात्राको खोप जसरी पनि ल्याइने: प्रधानमन्त्री

0
171

काठमाडौं, जेठ १४- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोप ल्याइने बताएका छन्।

आज(शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो खोप लगाएर दोस्रो मात्रामा खोप लगाउन नपाएकाहरूलाई पनि जसरी पनि खोप ल्याएर लगाइने यस्तो बताएका हुन् ।

हालै चिनियाँ राष्ट्रपतिले थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सरकारले काम गरिरहेको बताए। उनले स्वास्थ्यकर्मीलगायतलाई आक्रमण गरेमा कारवाही गरिने पनि बताए।