अमेरिकामा २ करोड ७६ लाखभन्दा धेरैले जिते कोरोना

0
101

काठमाडौँ,जेठ १३- अमेरिकामा २ करोड ७६ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ५६ हजार ३४ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७६ लाख ६२ हजार २६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६०७ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ६ लाख  ६ हजार १७९ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ३९ लाख ७१ हजार २०७ पुगेको छ ।