पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १६९ जनाको मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि

0
169

काठमाडौँ,जेठ ११-

पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ६४०४ जना काेराेना संक्रमणमुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ६७०० को कोरोनाबाट मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्