काठमाडौंमा जारी निषेधाज्ञा एक साताको लागी थपियो

0
193

काठमाडौँ,जेठ ११-  कोरोना भाइरसको संक्रमण रोक्न काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा एक साताको लागी थपिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन।

यस अघी वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो। त्यस लगत्तै उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो।

देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा कोरोना संक्रमण दर भने घटन् सकेको छैन। अहिले पनि औसतमा दैनिक ८ हजार संक्रमित थपिइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्