असवैधानिक कदमविरुद्ध संघर्षमा उत्रिन नेकपा माओवादी केन्द्र वागमती प्रदेशको अपिल

0
187

चितवन, जेठ ९- नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) वागमती प्रदेशले संसद विघटन विरुद्ध संघर्षमा उत्रिन अपिल गरेका छन् ।अध्यक्ष नारायण दाहालले आज एक विज्ञप्ती जारी गर्दै २०७८ साल जेठ ७ गते मध्य राती प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले थोरै पनि राजनैतिक र कानुनी सुझबुझ नदेखाई अनैतिक ढंगले अराजनैतिक कदम चाली दोश्रो पटक प्रतिनिधिसभाको विघटन गर्नु घोर आपत्तिजनक अराजनैतिक असवैधानिक र निन्दनीय भएको जनाउँदै यसका विरुघमा संघर्षमा उत्रिन आग्रह गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ, २०७८ साल जेठ ७ गते मध्य राती प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले थोरै पनि राजनैतिक र कानुनी सुझबुझ नदेखाई अनैतिक ढंगले अराजनैतिक कदम चाली दोश्रो पटक प्रतिनिधिसभाको विघटन गर्नु घोर आपत्तिजनक अराजनैतिक असवैधानिक र निन्दनीय छ ।

प्रधामन्त्री र राष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानलाई मिच्ने काम जसरी भयो यसको जती निन्दा गरे पनि कम हुन्छ। त्यसकारण संविधान, नियम, कानुन, विधि र प्रक्रिय मिचेपछि सरकारद्वारा कथित रुपमा जार िगरिएको निर्णय र आदेशहरुलाई जनताले पालना गर्नुपर्छ भन्ने कुरा कदापी मान्ने हुने छैन ।

ठूलो त्याग वलिदानबाट प्राप्त संघियता, लोकतानित्रक गणतन्त्र, धर्मनिरपक्षता , समानुपातिक, समावेशिता, सामाजिक न्यय जनताका मौलिक अधिकार माथिको बलत्कारलाई स्वभिमानप् जनताले टुलुटुलु हेरेर बस्न सक्दैनन् । स्वंय राष्ट्रपतिले जम्मा २१ घण्टाको समय दिई आहवान गरे अनुसार १४९ माननीय सांसदहरुको हस्ताक्षरसहितको पत्र समयमै बुझाउँदा पनि अघिल्लो दिनको आफ्नै विवेकमाथि प्रधानमन्त्रीले पत्रकार माझ बोलेका धारणा माथि नै बलत्कार गर्नेहरुबाट भविष्यमा देश र जनताले आशा र भरोसा गर्ने कुनै ठाउँ र आधार नै रहेन ।

देशमा देखापरेको कोभिड–१९ महामारीमा राष्ट्रपति र प्रधामन्त्रबिाट सत्ता लिप्सा र अदृष्य शक्तिको इशारामा सिर्जना गरिएको राजनैतिक संकटबाट देश र जनतालाई बचाउन शसक्त संघर्षमा उत्रनुको विकल्प छैन ।

कानुन िलडाई र राजनैतिक लडाइको लागि विपक्ष गठबन्धनबाट आवहान गरिएको कुरालाई मध्यनजर गर्दे सबै तह र तप्काका जनसमुदायमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र) वागमती प्रदेश समिति संघर्षमा उत्रनअपिल गर्दछ ।

देशमा देखा परेको कोभिड १९ को महामारीबाट जनतालाई बचाउन असफल भएको, जनताको शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता अत्यआवश्यक कुरामा सरकार पुरै असफल भएपछि जनताको आक्रोसलाई अन्यत्र मोड्न प्रतिनिधिसभा विघटन गरि नगराउने चुनावको नाटक मञ्चन गरिएको छ । कोभिड १९ को महामारीबाट जनतालाई बचाउन नसकेको स्थितिमा अरबौँ खर्च गरि चुनाव हुन सक्ने अवस्था पनि रहदैँन । हुन नसक्ने र केपी ओलीले नचाहेका चुनाव सत्ता टिकाउने चालबाजीको रुपमा ल्याइएको यो नाटककापछि नलागि यस्ता असक्षम नालायक प्रधामन्त्रीलाई हटाउनुनै अहिलेको हाम्रो मुख्य कार्यभार भएकाले यसका लागि संघर्षको विकल्प नरहेको हाम्रो ठहर हो ।

अन्तमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्रीको यो कदमको घोर भत्र्सना गर्दै सबै राजनितिक दलहरु सबैधानिक निकाय नागरिक समाज, पत्रकार लगायत आम जनसमुदायलाई कडा प्रतिरोधमा उत्रन अपिल गर्दछौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्