रेडक्रसद्वारा अपाङ्ग अशक्तको लागि हुयल चियर वितरण

0
151

चितवन, जेठ ९-चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ बछौलिमा रहेको नेपाल रेडक्रस उपशाखा बछौलीले आफ्नो क्षेत्र भित्रका अपाङ्ग अशक्तको लागि हुयल चियर वितरण गरेको छ । उपशाखा बछौलीले आईतवार जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थितिमा हुयल चियर वितरण गरियको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए ।

ईन्टरनेशनल हेन्डी क्याफको सहयोगमा उपशाखामा प्राप्त भएका ८ वटा हुयल चियर वितरण गरियको समाजसेवी एव उपशाखाका निवर्तमान सभापति राममणि खनालले वताए ।

कार्यक्रममा वडाध्यक्ष वलराम दाहाल , वडा सदस्यदोय किरण महतो, केशरी माया सुनार, वछौली चौकीका ईन्चार्ज , गौव माविका प्रअ ऋषि प्रसाद खनाल ,लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको वारेमा सभापति सुवास विडारीले प्रकाश पार्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्