राष्ट्रपतिलाई तपाईं भन्‍ने सभ्यता नरहेको भन्दै कांग्रेसप्रती प्रधानमन्त्री ओलिको आपत्ति

0
202

काठमाडौं,जेठ ८-  प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए ।

‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा देउवाले राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गरेका छन् ।

सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्