चितवनको रत्ननगरमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन

0
391

चितवन, जेठ ८- नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले शनिबार चितवनको रत्ननगरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ । आज (शनिबार ) साँझ रत्ननगरको निपनी चोकमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) र केन्द्र निकट विभिन्न संगठनले देशव्यापी आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको क्रममा शनिबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा जनाएका छन । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नु भएको थियो । प्रतिनिधि सभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गतेलाई चुनावको मिति तोकिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्