ओली-देउवा दुवैको दाबी पुगेन, प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन

0
162

काठमाडौं,जेठ ७-राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्।

दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्