राष्ट्रपतिले तुरुन्त देउवालाई प्रधानमन्त्री बनाउनुपर्छः नारायणकाजी

0
304

काठमाडौं,जेठ ७-

नेकपा (माओवादी केन्द्र)का नेता नारायाणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तत्काल प्रधानमन्त्री बनाउनुको विकल्प नभएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत बहुमत प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षरको समर्थनले देउवालाई प्रधानमन्त्रीको दाबी गरेकोले राष्ट्रप्रतिले संवैधानिक रुपमा तुरुन्त देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।

“प्रधानमन्त्रीको निर्णयानुसार राष्ट्रपतिद्वारा आज अपराह्न ५ बजेसम्मको समय दिई संविधानको धारा ७६९५० अनुसार सरकार बनाउन दाबी गर्ने आह्वान संवैधानिक रुपमा त्रुटिपूर्ण र राजनीतिक रुपमा दुराशयपूर्ण नै छ । तथापि, हाम्रो आजको व्यवस्थामा अदालतको निर्णय सहमत, असहमत जे भए पनि लागु गर्ने रहेको र सर्वोच्च अदालतले आज ५ बजेभित्र अन्तरिम आदेश दिनुपर्ने यस विषयमा परेको रिटमा तीन बजेसम्म रिट दर्ता नै नगरेको स्थितिका कारण नेका, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको संस्थागत पार्टी निर्णयसहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादवसहित र नेकपा (एमाले)का झलनाथ खनाल, माधव नेपालसहितका बहुमत प्रतिनिधिसभा सदस्यहरु ९१४९० को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको छ । राष्ट्रप्रतिले संवैधानिक रुपमा तुरुन्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको विकल्प छैन,” उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्