माडीमा बाघको आक्रमणबाट एक युवा घाइते

0
190

चितवन,जेठ ७- चितवनमा बाघको आक्रमणको घटना बढ्दै गएको छ । यसैबिच माडीमा बाघले आक्रमण गर्दा एक युवा घाइते भएका छन् । यो घटनासंगै चितवनमा १५ दिनमानै बाघले मानिसलाई आक्रमण गरेको यो चौथो पटक हो ।

आज (शुक्रबार) .०२ः२० बजेको समयमा माडी न.पा.७ स्थित गौरीनगर सामुदायिक बनमा सोही वडाको गोपालनगर बस्ने बर्ष २५ का थमन बहादुर भुजेलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् । भैसि चराउन गएका भुजेललाई एक्कासी बाघले आक्रमण गर्दा घाईते भई उपचारको लागी बघौडा हस्पिटलमा ल्याई उपचार भईरहेको र उनको टाउको र हातमा चोट लागेको प्रहरीको भनाई छ । हाल उनको अवस्था सामान्य रहेको छ ।

यसअघी गत बैशाख २४ गते, २७, जेष्ठ २ गते पनि बाघको आक्रमणबाट चितवनमा ३ जना घाईते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्