बादललाई पराजित गरेपछि देवकोटाले भने : संविधानको जित भयो

0
156

हेटौंडा,जेठ ६–  वाग्मती प्रदेशबाट राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन उम्मेदवार डा खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलाई पराजित गर्दै देवकोटा राष्ट्रियसभामा पुगेका छन् ।

जितपछि प्रतिक्रिया दिँदै देवकोटाले आफ्नो विजय सिंगो संविधानको विजय भएको बताएका छन् । उनले भने, ‘संविधान र संघीयता पक्षधरको विजय हो। विपक्षी दलहरुको पनि सहयोगमा मैले जिते । उम्मेद्वारी स्वतन्त्र दिएको थिए ।’

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा निर्वाचित भएका हुन् । बादलको पक्षमा ४०१४ मत मात्रै खस्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्