दुर्घट्ना अपडेट :पुर्व पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटना हुँदा ४ को मृत्युु, ४९ घाइते

0
67

नवलपरासी,जेठ ५-  पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस सडक किनारबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने मध्ये रुकुम पश्चिम त्रिवेणि गाउँपालिका ६ कि २७ वर्षीय कल्पना पुन, रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का ३६ वर्षीय धनराज घर्ति, रुकुम पश्चिम मुसिकोट नगरपालिका १ का २१ वर्षीय गोपाल वलि रहेका छन् भने बाकी १ जनाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजू लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा चालकसहित ५८ जना यात्रु सवार रहेको र ति मध्ये ४९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुमध्ये ८ जनाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज र अन्य सामान्य घाइतेहरूको बर्दघाट स्थित चिसापानी अस्पताल र सञ्जीवनि मेडिकलमा उपचार भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्