आरुषी मिडिया द्वारा १० दिने निशुल्क अनलाईन योग कक्षा संचालन

0
203

चितवन,जेठ ४-चितवनको भरतपुर स्थित आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि ले १० दिने अनलाईन निशुल्क योगा कक्षा संचालन गरेको छ ।आज (मंगलवार )देखी शुरु भएको सो कार्यक्रम जेठ १३ गते बिहिवार सम्म संचालन हुनेछ।

विभिन्न समयमा फरक फरक किसिमको कार्यक्रमहरु संचालन गर्दै आईरहेको यस संस्थाले कोभिडको महामारीले घरमै बसिरहेका मानिसहरुका लागि अनलाईनका माध्यम बाट योगा कक्षा संचालन गरेको हो।

योगले मानिसको चौतर्फी बिकासमा ज्यादै महत्त्वपूर्ण भुमिका खेल्ने हुनाले नियमित रुपमा योग गर्ने बानिको बिकास गराउनको लागि पनि यो कक्षाको शुरुवात गरिएको संस्थाका अध्यक्ष सन्तोष बस्ताकोटिले बताएका छन।

नेपाल योगधाम,काठमाडौँको सहकार्यमा शुरु गरिएको उक्त कक्षा हरेक दिन बिहान ५ बजे देखि ७ बजे सम्म संचालन हुनेछ।

जुम एप्लिकेसनको माध्यम बाट यो कक्षामा सहभागी हुन पाईने व्यवस्था मिलाईएको उक्त कक्षामा नेपाल योगधामका योग प्रशिक्षक केदारनाथले प्रशिक्षण गराउनुहुनेछ।

कार्यक्रममा विश्वभर जुनसुकै स्थान बाट पनि सहभागी हुन सकिनेछ।

सहभागीताको लागि यो लिंक प्रयोग गर्न सक्नुहुनेछ।

https://us02web.zoom.us/j/9851037076

मानिसको शरीरिक, मानसिक, भौतिक र अध्यात्मिक सबै पक्षलाई बलियो बनाउँदै स्वस्थ र सुखी जीवनयापन गर्नका लागि नियमित रुपमा योगाभ्यास गर्ने तर्फ सबैले गम्भीर रुपमा सोच्न जरुरी भएको प्रशिक्षक केदारनाथ बताउनुहुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्