त्रिभुवन विश्वविद्यालयको कार्यकक्ष भित्रै महिला कर्मचारी माथि यौनदुव्र्यवहार(विज्ञप्ती सहित)

0
205
काठमाडौँ,जेठ ४-नेपालकै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको कार्यकक्षभित्र कार्यालयमै कार्यरत महिलामाथि यौनदुव्र्यवहार भएको छ् । विश्वविद्यालयका मानवशास्त्र केन्द्रीय बिभाग प्रमुख प्रा.डा.डम्बर चेम्जोङले कार्यालयमै कार्यरत महिलामाथि यौनदुव्र्यवहार गरेका हुन । पीडित महिलाले आफूमाथि प्रा.डा. डम्बर चेम्जोङले यौन दूव्र्यवहार गरेको भनि प्रहरीमा उजुरी दिएकी थिइन् ।
त्रिभूवन विश्वविद्यालय मानवशास्त्र/समाजशास्त्रका पूर्व विभागीय प्रमुखहरु प्रा.डा. ओम गुरुङ, प्रा.डा. पदमलाल देवकोटा र प्रा.डा. रामबहादुुर क्षेत्रीले आज संयुक्त विज्ञप्ती निकाल्दै सम्पूर्ण विद्यार्थीलगायत छात्रा विद्यार्थीहरुको ध्यानाकर्षण गरेको छ।
विश्वविद्यालयमा महिला कर्मचारीहरुको सुरक्षामा देखिएको खतरा र असुरक्षा देखिएको भन्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले गम्भिर रुपमा खेद प्रकट गर्दै  विज्ञप्ती निकालेको छ।
उजुरी पश्चात चेम्जोङले उजुरी फिर्ता गर्न पीडित महिलालई दवावपूर्ण धम्की दिदै आएको कुरा समेत सार्वजनिक भएको वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका संयोजक राजेश्वरी सुबेदीले बताएका छन ।
सुबेदीले यौनजन्य हिंसा र दुर्व्यवहार विरुद्ध सम्पूर्ण विद्यार्थीहरु एकताबद्ध भएर प्रतिकार गर्न सम्पूर्णमा अनुरोध गरेका छन। साथै,घट्नाको तत्काल सत्यतथ्य छानविन गरी दोषिलाई हदैसम्मको कारबाही र पीडितलाई समयमै उचित न्याय दिलाउनका लागि प्रहरी प्रशासन र त्रि.वि.समक्ष जोडदार माग समेत गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्