चितवनमा फेरि बढ्यो कोरोना संक्रमण, आज एकैदिन थपिए २४९ संक्रमित

0
132

चितवन, जेठ ४-

चितवनमा कोरोना संक्रमणको दर फेरी बढेको छ ।पछील्लो केही दिन घटेको चितवनको कोरोना संक्रमण दर हिजो सोमबार र आज मंगलबार फेरि ह्वात्तै बढेको हो ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार पछील्लो २४ घण्टामा चितवनमा थप २४९ जना कोरोना संक्रमित भएका छन् । थपिएका संक्रमित मध्ये भरतपुर महानगरमा १९२ जना, खैरहनीमा ७ जना, माडीमा १२ जना, रत्ननगरमा १२ जना, राप्ती नगरपालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा ११ जना रहेका छन् ।

चितवनमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ८३९ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा आजसम्म १७६ जनाले ज्यान गुमाएका छन् । अस्पतालको आइसोलेसनमा २१९ जना र घरमा आइसोलेसनमा चार हजार ६ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्